राजनीति

केपी शर्मा ओली

सरकारमा रहँदा सबैलाई हसाए, सर्वोच्चको एकै आदेशबाट बाहिरिए

कोभिड महामारीमा खोप भन्दा सत्ता प्यारो !

अतिन आचार्य |
असार ३०, २०७८ बुधबार ६:३२ बजे

काठमाडौँ : निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली २०७४ फागुन ४ गते प्रधानमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका थिए। प्रधानमन्त्रीको शपथ लिएको समयमा र कार्यभार सम्हाल्दा मुलुकले विकासमा फड्को मार्ने नेपाली जनताले आशा गरेका थिए । दुईतिहाइको सरकार गफ ,उखान मात्रै ठोकेर, दर्शकदीर्घामा बसेकालाई हसाउँदै व्यस्त बने । सरकारमा रहेसम्म सबैलाई हसाए तर महामारीमा मलिन भएर सत्ताबाट बाहिरिए ।

प्रधानमन्त्री भएको समयमा उनी उपचारमा व्यस्त हुँदै तेस्रो वर्षमा प्रवेश गर्‍यो । जब सरकार तेस्रो वर्षमा पुग्यो मुलुकमा कोभिड महामारीको कम्पन सुरु भयो ।कोभिडले विश्‍वलाई हल्लाउँदै गर्दा उनको सरकार पनि हल्लिन थालेको थियो ‍। जब सत्ता पक्षले आफ्नै सरकारको विरुद्धमा मोर्चाबन्दी कस्‍न थाल्यो त्यसपछि उनले आफू कमजोर भएको महसुस गरी महाव्याधीलाई नियन्त्रण गर्नुपर्ने तर ओली उग्र बन्दै गए । जनता भन्दा उनलाई सत्ता प्यारो लाग्‍न थाल्यो । महामारीमा नागरिकको जीवन सुरक्षा गर्नभन्दा पनि उनको प्राथमिकतामा सत्ता सुरक्षा परेको थियो ।


जब कोभिडको जीवाणु मुलुकमा फैलदै गयो तब ओली सरकार ढुलमुल हुँदै गएको थियो । प्रधानमन्त्री भएको दुई वर्षसम्म गुमनाम रहेका ओली २०७६ चैत ११ जब देशभर कोभिड-१९ को महामारी कारण लकडाउन भयो तब उनी बिस्तारै चर्चामा आउन थाले । सबैभन्दा बढी चर्चामा उनी यसकारण पनि रहे महामारीमा उनले दुई पटक संसद विघटन गरे । दुवै पटक ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गर्‍यो । उनले पछिल्लो पटक संसद विघटन गरेको  सर्वोच्च अदालतले १२ सय ५२ दिनसम्म प्रधानमन्त्री बनेका सोमबारबाट ओली प्रधानमन्त्रीबाट मुक्त भए ।

प्रधानमन्त्री बनेदेखि अहिलेसम्म नै चर्चामा रहेका ओलीले मंगलबार सिंहदरबारबाट देशवासीलाई सम्बाेधन गर्दा उनले भने, 'सरकारले खरिद गरेको दुई करोड डोज खोप आउदैछ । सबैले लगाउन पाउनु हुनेछ ।' खाेप खरिदमा विचौलियाको प्रवेशकाकारण पछिल्लो समय ओली सबैभन्दा बढी चर्चामा रहे । काेभिशिल्ड खरिदको विषयमा भएको विवाद सहतमा आएको थियो । महामारीमाै खोप खरिद अघि चीनबाट स्वास्थ्य सामग्री खरिदमा ओम्‍नीलाई उनले अवसर दिदा पनि विवाद सतहमा आएको थियो। त्यसपछि खोप खरिदमा  'हुकम डिष्ट्रिब्युटर्स'लाई संरक्षण गरेको आरोप उनलाई लाग्यो । 

यो समाचार लेख्दै गर्दा कोभिड महामारीमा ओली महामारी नसकिदै बालुवाटार दरबारबाट बालकोट दरबारमा सर्ने छन् । उनी बुधबार विहान बालकोट पुग्ने निश्चित भइसकेको छ । उनको कार्यकालमा मुलुकमा चार जना स्वास्थ्य मन्त्री बने । भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्री थिए ।

ओलीले देशबासीको नाममा गरेको सम्बोधनमा सबैभन्दा बढी कोभिड खोपको विषयमा बाेले । चीनबाट अनुदान स्वरुप १८ लाख खोप,  भारतबाट ११ लाख र भारतबाट खरिद गरिएको  कोभिसिल्ड खोप १० लाख ल्याइएको समेत बताउन् भ्याए । तर, भुक्तानि दिएर पनि भारतबाट खोप ल्याउन नसकेको बारेमा प्रस्टसँग बोल्न सकेनन् । 

ओलीले कोभिडविरुद्धको दुवै डोज लगाएका छन् । भारतले काेभिशिल्ड उपलब्ध नगराउँदा करिब १० लाख नेपालीले कोभिडविरुद्धको दोस्रो डोज काेभिशिल्ड खोप लगाउनबाट वञ्‍चित भएका छन् । रकम भुक्तानी गरेको बाँकी १० लाख खोप आयात गर्न सरकार असफल बनेको पनि उत्तरी छिमेकबाट 'नन डिस्कोर्लजर' सहमतिमा ४० लाख खोप उनले खरिद गरे ।

सरकारले विभिन्‍न  माध्यमबाट खोप खरिद गरिरहेकाले आयात हुने क्रम जारी रहेको  स्वास्थ्य मन्त्रालयको परिवार कल्याण खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतम बताउँछन् । सरकारले विभिन्न माध्यमबाट भारतमा खरिद गरेको खोप नेपाल आयात गर्न नसक्दा पनि ज्येष्ठ नागरिक खोप लगाउनबाट वञ्चित भएको उनले बताए ।

सिरम खोप उत्पादित खोप कम्पनीले खोप दिन्छु भन्दा पनि भारत सरकारले सहमति नदिएको खोप आयात हुन नसकेको डा. शर्माले बताए । 'कोभ्याक्सबाट आउने खोप बाँकी कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी मानिसलाई लगाइन्छ,' उनले भने । 

ओली सरकारको पालामा खरिद गरेर ५० लाख खोप आउने सुनिश्चत भइसकेको छ । ४० लाख चीनबाट आउने र १० लाख भारतबाट आइसकेको छ । भारत र चीनबाट गरी २९ लाख खोप अनुदानमा आएको थियो । पहिलो चरणमा कोभ्याक्स कार्यक्रमबाट तीन लाख ४८ हजार र अमेरिकाबाट जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० मात्रा खोप ल्याइएको छ ।

 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x