राजनीति

राप्रपामा जनप्रिय नेतृत्वको आवश्यकता छ : राणा

इकागज |
साउन २, २०७८ शनिबार १५:४ बजे

बाँके - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताएका छन् । राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् ।

‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ राणाले सामाजिक संजालमा शनिबार भनेका छन्, ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन् ।’


राणाले थप अगाडि भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’ 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यसअघि नै राप्रपाको अध्यक्ष पदमा दाबी गरिसकेका छन् । महाधिवेशन उन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ ।


 


Author

थप समाचार
x