राजनीति

नागरिकता विद्येयक पास गरियोस, रेशम चौधरीलगायतलाई रिहा गरियोस्

इकागज |
साउन ८, २०७८ १४:५० बजे

काठमाडौँ -  जनता समाजवादी पार्टीका नेता अनिलकुमार झाले नागरिकता विद्येयक प्रतिनिधि सभाबाट तत्काल पास हुनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता झाले नागरिकता विद्येयक पास गरेर नागरिकताबाट बञ्चित सबैलाई नागरिकताको व्यवस्था हुनुपर्ने बताएका हुन् । त्यस्तै उनले रेशम चौधरीलगायतको मुद्दा शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता लिनुपर्ने पनि बताए । 

‘हामीले पूर्ववर्ती सरकारलाई ल्याउन लगाएको नागरिकता विद्येयक यथाशीघ्र पास गरेर नागरिकताबाट बञ्चित लाखौँ युवालाई शिक्षा र रोजगारको बाटो यो सरकारले खोलिदिनुपर्छ,’ उनले भने, ‘मधेश आन्दोलनको सम्बोधन हुन बाँकी मुद्दा सम्बोधन हुनुपर्छ । जेल जीवन बिताइरहनु भएको रेशम चौधरीको रिहाइ हुनुपर्छ । उहाँलगायतको धेरैको झुठा मुद्दा फिर्ता लिन ध्यानाकर्षण गर्दछु ।’ 


ADVERTISEMENT

त्यस्तै उनले कोभिड संक्रमणको त्राससँगै बन्द रहेको नेपाल–भारत सीमा तत्काल खोल्नुपर्ने पनि बताए । ‘नेपाल–भारत सीमा कोरोनाको नाममा बन्द छ । असहज छ । त्यसलाई सहज बनाउनुपर्ने पर्दछ । भारत जाने नाकाहरुमा भारतीय मुद्राको अभाव छ । त्यसको समुचित व्यवस्था होस्’ उनले भने, ‘ प्राय गाउँपालिका, नगरपालिकामा तल्लो तहको कर्मचारीबाट अधिकृतको काम भइरहेकोले काम प्रभावकारी हुन सकेको छैन । अधिकृतहरु तुरुन्तै खटाइयोस  ।’

झाले देउवा नेतृत्वको सरकारले खेतीपातीको समयमा सधैँ अभाव हुने रसायनियक मलको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराए ।    
 



Author

थप समाचार