राजनीति

नेपाल समूहलाई ओलीले भने : फर्कनुस् साथीहरू, गल्ती नगर्नुस् पार्टीले स्वागत गर्छ

इकागज |
साउन १०, २०७८ आइतबार १४:३३ बजे

फाइल तस्बिर

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई क्षमा गर्ने भन्दै पार्टीमा फर्कन आग्रह गरेका छन् । यसअघि पनि माफी दिने बताएका ओलीले आज अखिल नेपाल महिला संघको कार्यक्रममा फेरि आग्रह गरेका हुन् । 

‘पार्टीमा फर्कनुस साथीहरु । गल्ती नगर्नुस् । फर्कनेलाई पार्टीले क्षमा गर्छ,’ संघको भर्जुअल कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी ढाल्ने गरी साँठगाँठ भएको हामीले देखेका छौँ । आफ्नो पार्टी फुटाए प्रतिक्रियावादीहरुलाई सजिलो बनाएको हामीले देखिरहेका छौँ । पार्टीको पक्षमा उभिनुस् देशले, पार्टीले तपाईँलाई स्वागत गर्छ ।’ 


सुरुमा नेपाल समूहलाई क्षमा दिने बताउँदै ओलीले गम्भीर आरोप पनि लगाए । ‘आफ्ना सांसदलाई झुक्याएर, प्रलोभनमा पारेर बाहिर लगेको देखेका छौँ,’ ओलीले भने, ‘प्रतिक्रियावादीहरुसँग भित्री साँठगाँठ गरेर, पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा हामीले देखिरहेका छौँ ।’  


Author

थप समाचार
x