राजनीति

उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

इकागज |
साउन १०, २०७८ आइतबार १५:४८ बजे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावसायी एवं  नेपाली कांग्रेसका समानुपातिकतर्फका  सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री सिफारिश गरेअनुसार राष्ट्रपतिले श्रेष्ठलाई नियुक्त गरेकी छिन् । मन्त्रालय प्रधानमन्त्री मातहत रहनेगरी उनले श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन् ।

कांग्रेसको राजनीतिमा सक्रिय आवद्ध श्रेष्ठ २०७० मा संविधान सभा सदस्य थिए । ललितपुर महानगरपालिका ३, ललितपुर बस्दै आएका उनी २०१२ पुस २० भोजपुरमा जन्मिएका हुन् । उनले स्नातकोत्तर गरेका छन् । 

वर्तमान प्रतिनिधि सभामा श्रेष्ठ  समानुपातिक सांसद हुन् । कांग्रेसको लेखा समिति संयोजक समेत हुन् । व्यवसायसँगै कांग्रेसको राजनीतिमा क्रियाशील छन् ।
उनी शैक्षिक संगठन प्याब्सनका अध्यक्ष थिए ।  तीन कार्यकाल हिसानको अध्यक्ष समेत भइसकेका थिए ।


 

यो पनि 

‘हस्पिटल चेन’ बनाउँदै व्यवसायी उमेश श्रेष्ठ

 


Author

थप समाचार
x