राजनीति

तीन प्रदेश प्रमुख आजै पदमुक्त गरिँदै

इकागज |
साउन १२, २०७८ मगलवार ११:३२ बजे

काठमाडौँ- पूर्ववर्ती केपी शर्मा ओली सरकारले कार्यकालको उत्तरार्द्धतिर परिवर्तन गरेका प्रदेश प्रमुखहरू हटाइने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको हो । उनीहरूलाई आजै हटाइने देउवा निकट एक नेताले इकागजलाई जानकारी दिए ।

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिइन् ।



Author

थप समाचार
x