राजनीति

संविधानविपरीत प्रदेश प्रमुख बनाउन माओवादीको सिफारिस

इकागज |
साउन १२, २०७८ मगलवार १६:३५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा माओवादी केन्द्रले संविधानविपरीत प्रदेश प्रमुखको सिफारिस गरेको छ । माओवादी केन्द्रको आज बसेको आकस्मिक स्थायी कमिटीको बैठकले गण्डकी प्रदेशमा यसअघि नै प्रदेश प्रमुख भइसकेका अमिक शेरचनलाई पुनः सिफारिस गरेको हो । यद्यपि मन्त्रिपरिषद्ले निर्णय भने गरिसकेको छैन । मन्त्रिपरिषद् बैठक जारी छ ।   

त्यस्तै माओवादी केन्द्रले यसअघि प्रदेश-२ को प्रदेश प्रमुखबाट पदमुक्त भएका तिलक परियारलाई भने अन्य कुनै प्रदेशमा नियुक्त गर्ने तयारी गरेको छ । केपी ओली नेतृत्वको सरकारले परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेको थियो। त्यस्तै गण्डकीमा शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो।  


नेपालको संविधानको धारा १६३ ले एक पटक प्रदेश प्रमुख भएको व्यक्ति पुन सोही प्रदेशमा प्रदेश प्रमुख हुन बन्देज लगाएको छ । संविधानको धारा १६३ (४) मा भनिएको छ, ‘एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन ।’ 

 

 


Author

थप समाचार
x