राजनीति

गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

इकागज |
साउन १२, २०७८ मगलवार १७:३१ बजे

काठमाडौँ - गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अमिक शेरचनलाई लुम्बिनी र गण्डकीमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको हो । 

गण्डकीमा सीता पाैडेल र लुम्बिनीमा धर्मनाथ यादवललाई पदमुक्त गरिएको छ । उनीहरू दुवै चितवनका हुन् ।   


यसअघि माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सरकारलाई सुझाव दिएको थियो । तर, संवैधानिक व्यवस्थाविपरीत भएपछि शेरचनलाई लुम्बिनीमा नियुक्ति सिफारिस गरिएको हो । 

 

 


Author

थप समाचार
x