राजनीति

नेपाललाई सांसदहरूको सुझाव

'दोस्रो अध्यक्षको प्रलोभनमा नफसौँ, आफैँले भोट हालेर बनाएको सरकारलाई सहयोग गरौँ'

इकागज |
साउन १३, २०७८ बुधवार १८:१७ बजे

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्षको प्रलोभन देखाएको भन्दै त्यसमा नफँस्न र सजक हुन नेपाललाई आग्रह गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदले नेता नेपाललाई ओलीको प्रलोभनमा नफसी सरकारमा जानुपर्ने सुझाव दिएका हुन् ।  


नेता कृष्णकुमार श्रेष्ठले आफैँले भोट हालेर बनाएको सरकारलाई सहयोग गर्ने विषयमा नेता नेपाललाई सहयोग गर्नुपर्ने सुझाब दिएको जानकारी दिए । ‘माधव नेपालकै एजेण्डालाई समर्थन जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिइयो,’ इकागजसँग कुरा गर्दै नेता श्रेष्ठले भने, ‘आजको बैठकमा गठबन्धनको बैठकमा भएको विषयमा माधव कम्रेडले बिफ्रिङ गर्नुभयो । आगामी रणनीति के हुने भन्ने विषयमा छलफल गरियो ।’ 

उनले ओलीले दोस्रो अध्यक्षको कार्ड फ्याँकेको र त्यसमा नफस्न सुझाब दिएको पनि बताए । ‘ब्रिफिङ दोस्रो अध्यक्षमा नफँस्न सुझाव दिइयो । पार्टी एकता जोगाउने गरी ओली र तपाईं (माधव)को अधिकार समान हुने हो भने जाऔँ नत्र प्रलोभनमा पर्न हुँदैन,’ सुझाब दिएको विषयमा उनले भने, ‘आफैँले भोट हालेर बनाएको सरकारलाई असफल हुन दिन हुँदैन कसरी हुन्छ सहयोग गरौँ भन्ने साझा मत भयो ।’  
 


Author

थप समाचार
x