पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा
काठमाडौँ – नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताको रिटको सुनुवाइ आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट हुँदै छ । प्रधानन्यायाधीश न्यायाधीश चोलेन्द्रशमशेर राणाले चार नेताको रिटको सुनसवाइका लागि न्यायाधीश खतिवडाको इजलासमा पेसी तोकेका हुन् ।
माओवादी केन्द्रले दल त्याग गरेको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाएको थियो । एमाले प्रतिनिधित्व गरेर विभिन्न कार्यक्रममा सरिक भइसकेका उनीहरुले आफूहरु अझै एमाले प्रवेश नगरेको दाबीसहित सांसद पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित सर्वाेच्च अदालतमा रिट दर्ता गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया