लुम्बिनी प्रदेश
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
मुख्यमन्त्रीमा माओवादीका केसीलाई प्रस्ताव
बुटवल- लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले प्रदेश सभा पुगेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
एक तिहाई सासदको हस्ताक्षर चाहिने भएकोले ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको छ । अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
विपक्षी सांसदहरूले प्रदेश सभा सचिवालयाका सचिव दुर्लभ पुनलाई प्रस्ताव पत्र बुझाएका हुन् । सचिवालयले दर्ता भइसकेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया