राजनीति

लुम्बिनी प्रदेश

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्रीमा माओवादीका केसीलाई प्रस्ताव

विक्रम खड्का |
साउन १९, २०७८ मंगलबार १६:१२ बजे

बुटवल- लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले प्रदेश सभा पुगेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । 

एक तिहाई सासदको हस्ताक्षर चाहिने भएकोले ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको छ । अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।   


विपक्षी सांसदहरूले प्रदेश सभा सचिवालयाका सचिव दुर्लभ पुनलाई प्रस्ताव पत्र बुझाएका हुन् । सचिवालयले दर्ता भइसकेको जनाएको छ । 

 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x