राजनीति

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन

इकागज |
साउन १९, २०७८ मगलवार १७:३ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । यसको पुष्टि प्रधानमन्त्रीको सचिवालयले गरेको छ । 

यसअघि प्रधानमन्त्रीले देउवाले आजै बालुवाटारमा ऊर्जा मन्त्री भुसाललाई समेत उपस्थित गराई कार्यकारी निर्देशक शाक्यको राजीनामा माग गरेको ऊर्जा मन्त्रालय स्रोतले बतायो । शाक्यलाई अघिल्लो केपी ओली सरकारले नियुक्त गरेको थियो ।


गत वर्षको भदौ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई पुनःनियुक्त नगरी ओली सरकारले प्राधिकरणकै वरिष्ठ कर्मचारी लेखनाथ कोइरालालाई निमित्त दिएको थियो ।

त्यसपछि कोइरालाको ठाउँमा शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पछि उनलाई चार वर्षका लागि नियुक्त गरिएको थियो ।शाक्यले राजीनामा नगरी घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न मार्ग प्रशस्त हुँदैन । 


Author

थप समाचार
x