राजनीति

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण

इकागज |
साउन १९, २०७८ मगलवार १८:३५ बजे

तस्बिर भट्टराईको फेसबुकबाट

काठमाडौँ -  सरकारले रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आचरण विपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भट्टराईले एमालेका अध्यक्ष केपी ओलीको समर्थन तथा अन्यको विरोधमा सामाजिक सञ्जालमा विभिन्न पोष्टहरु लेख्दै आइरहेका छन् । उनलाई ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।



Author

थप समाचार
x