राजनीति

हिसिलाले उपेन्द्रलाई भनिन् : मधेसको मात्र हैन सिंगै देशको नेता बन्‍न आँट गर्नुस्

इकागज |
साउन १९, २०७८ मंगलबार १९:१९ बजे

काठमाडौँ - जनता समाजवादी पार्टीकी कार्यकारिणी समिति सदस्य हिसिला यमीले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्‍ने आँट गर्न सुझाएकी छन् । 

सामाजिक सञ्‍जाल ट्‍वीटरमा नेतृ यमीले उपेन्द्रलाई मधेसको मात्र होइन सिंगो देशको नेता बन्‍न आँट गर्न सुझाएकी हुन् । 


'अब प्रधानमन्त्री हुन आँट गर्नुस् । मधेसको मात्र नेता हैन सिंगै देशको नेता बन्‍न आँट गर्नुस हामी तपाईंसंग छौं !,' यमीले ट्‍वीटरमा लेखेकी छन् ।  यमी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्‍नी पनि हुन् । 


Author

थप समाचार
x