राजनीति

एमाले माधव नेपाल समूहको बैठक बस्दै

इकागज |
साउन २१, २०७८ बिहिवार ९:१८ बजे

फाइल फोटो

काठमाडौँ : नेकपा एमालेको माधव नेपाल समूहको बैठक आज बस्दैछ । काठमाडौँको नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपाल समूहका केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । 

नेता सुरेन्द्र पाण्डेका अनुसार नयाँ बानेश्वरमा बोलाइएको बैठकमा गर्ने छलफलबारे अहिले परामर्श चलिरहेको छ । बैठकमा सरकारमा जाने वा पार्टी एकतालाई टुंगोमा पुर्याउनेमध्ये के गर्ने ? भन्ने विषयमा गम्भीर छलफल हुने नेताहरुले बताएका छन् ।


पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ । तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 


Author

थप समाचार
x