राजनीति

भदौ २४ पछि केन्द्रीय समितिको वैधानिकता सकिन्छ : रामचन्द्र पौडेल

इकागज |
साउन २१, २०७८ बिहीबार १४:१५ बजे

काठमाडौँ  - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेसम्म पनि १४ औँ महाधिवेशन गर्न नसके अहिलेको केन्द्रीय समितिको वैधानिकता समाप्त हुने बताएका छन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन् ।  

‘अहिले नै हुँदैन भन्न सकिँदैन । ट्राइ त गर्नु पर्यो । सुरु गर्नुपर्‍यो ।  निर्वाचन समितिले प्रक्रिया छोट्याएर पनि गर्न सक्छ । मुख्य कुरा क्रियाशीलको विवाद हो अहिलेसम्म टुंगिन सक्या छैन । अहिले हाम्रो तहमा आएको छ । सभापति प्रम हुनुहुन्छ । एकछिन मिटिङ बसेपछि जानुपर्ने हुन्छ’ उनले भने, ‘विशेष महाधिवेशन त कुनै उपाय नभएपछि भन्या हो । हाम्रो रहर होइन । भदौ २३ सम्म नयाँ कार्यसमिति आएन् भने यसको वैधानिकता सकिन्छ । त्यसपछि पार्टीको वैधानिकता नै सकिन्छ । बच्ने उपाय के त भन्दा एक दुई महिना टेम्परेरी व्यवस्था गर्न सकिन्छ कि भन्ने कुरा मात्रै हो ।’ उनले भदौ २३ सम्म समय रहेको र त्यसपछि समय सकिने पनि बताए । 


उनले महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न पनि नेतृत्वलाई दबाब दिने विषयमा छलफल भएको पनि बताए । ‘नेतृत्वले निर्वाचन समितिलाई निर्देशन दिनुपर्‍यो, सदस्यता विवाद छिटो टुंग्याउनुपर्‍यो । महाधिवेशन सुनिश्चत गर्नुपर्‍यो । होइन भने संकटमा पर्दैछ’ उनले भने । 


Author

थप समाचार
x