राजनीति

भूमि आयोग खारेजीको विरुद्ध युवा संघको प्रदर्शन

इकागज |
साउन २१, २०७८ बिहीबार १७:१५ बजे

काठमाडौँ - भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न गठन गरिएको भूमि आयोग खारेज गरिएको भन्दै राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ । युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थीत सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको आरोप लगाएका छन् । उनीहरूले सरकारको जनघाती कामलाई सहेर बस्न नसक्ने चेतावनी पनि दिए ।  यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । 



Author

थप समाचार
x