राजनीति

वलीको आरोप अस्वीकार गर्दै एमालेले भन्यो : अविभावकसँग बस्छु भनेपछि मुख्यमन्त्री कहाँ राखिएको हो

इकागज |
साउन २१, २०७८ बिहीबार १७:२७ बजे

बुटवल- नेकपा एमालेले सांसद विमला वली खत्रीलाई अपरहण गरेको भन्ने आरोप अस्वीकार गरेको छ । सांसद वलीले आज पत्रकार सम्मेलन गरेर आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाए लगत्तै एमालेले पनि पत्रकार सम्मेलन गरेर नै अपरहणको आरोप गलत भएको स्पष्टीकरण दिएको हो ।

एमाले प्रदेशसभा संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले वली आफैँले मुख्यमन्त्रीसँग भेट गर्ने इच्छा व्यक्त गरेपछि सँगै लिएर आएको दाबी गरे । ढकालले वली नेकपाबाट चुनाव लडे पनि पृष्ठभूमि र पार्टी विभाजनपछि संसदीय दल र दाङ जिल्ला कमिटी बैठकमा सहभागी भएका कारण उनी एमालेकै सांसद भएको दाबी गरे । एमाले सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका कारण पार्टी केन्द्रको स्पष्टीकरण लिएर उनको घरमा पुगेको ढकालले बताए । 


ढकालले भने, ‘मुख्यमन्त्रीसँग कुरा भए लगत्तै आफैँ एमाले बन्‍न तयार हुनुभयो । उहाँलाई बाहिर बस्ने व्यवस्था मिलाइएको थियो । तर उहाँले म मेरो अभिभावकसँगै बस्छु भनेपछि त्यहीँ बस्न दिइएको हो ।’

विमला आफैँले एमालेमा रहेको भन्दै विज्ञप्ति जारी गरेको दाबी गर्दै ढकालले माननीय जस्तो मान्छेले बिरामी छु रेष्ट गर्छु भनेपछि त्यस दिन प्रेस-मिट नगरिएको बताए । उनले भने, ‘माननीयय जस्तो मान्छेलाई जबर्जस्ती प्रेस-मिट गराउन सकिएन नि !’ विमलाले भने आफूलाई बन्धक बनाएको दाबी गरेकी छन् ।

ढकालले विमलासँगै सरस्वती गौतमलाई पनि साथी बस्‍न राखेको कुरालाई स्वीकार गरे । ढकालले अहिले भएका सबै कुरा वलीकै इच्छा र सहमतिमा गरिएको दाबी गरे । उनलाई कारबाही गर्नेबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने ढकालको भनाइ छ ।


Author

थप समाचार
x