रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए पदबाट राजीनामा
काठमाडौँ - नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएको मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले इकागजलाई जानकारी दिए ।
भट्टराईलाई वर्तमान सरकारले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिन जरुरी नरहेको भनेर सामाजिक सञ्जालमा बताउँदै आएका भट्टराईले आज राजीनामा पत्र बुझाएका हुन् । उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लेख्ने र ओलीको आलोचना गर्नेहरुमाथि सामाजिक सञ्जालमै जाइलाग्ने गर्दै आइरहेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया