राजनीति

लुम्बिनीमा मुख्यमन्त्रीको शपथ आजै, यी तीन जना बन्दैछन् मन्त्री

विक्रम खड्का |
साउन २८, २०७८ बिहीबार १२:२४ बजे

बुटवल – लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि दिएको समयसीमा आज अपरान्ह सकिँदै छ । अहिलेसम्म मुख्यमन्त्रीको दाबी गरेर विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चालगायतको समर्थनमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबीसहित ४२ सांसदले हस्ताक्षर बुझाइसकेका छन् । 

बिहीबारमात्रै एमालेका संसदीय दलका नेता शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको ढोका खुलेको हो । केसीलाई मुख्यमन्त्री दाबी गर्दै विपक्षी गठबन्धनका संयोजक तथा नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियालगायतले हस्ताक्षर बुझाएका हुन् । मुख्यमन्त्री पदको लागि केसीबाहेक अन्यको दाबी पर्ने सम्भावना छैन । 


केसीले आजै पद तथा गोपनीयताको शपथ लिने छन् । त्यस्तै आजै अन्य तीन जना गठबन्धनको तीन दलबाट मन्त्री बन्दैछन् ।  कांग्रेसबाट डिल्ली चौधरी, माओवादीबाट कृष्णध्वज खड्का र जसपाबाट सहसराम यादव मन्त्री बन्दैछन् । उनीहरुले कुन मन्त्रालयको जिम्मेवारी दिँदैछ भन्ने खुलाइएको छैन । मुख्यमन्त्री दाबी गर्दै एमालेले निवेदन नदिने एमालेका भूमिश्वर ढकालले जानकारी दिए ।  


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x