राजनीति

संघीय संसद भवनको निर्माण सम्पन्न गर्न बजेट बढाउनुपर्ने निष्कर्ष

इकागज |
साउन ३१, २०७८ आइतबार १९:० बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले तोकिएको समयसीमाभित्रै सिंहदरवारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने जनाएको छ । 

आइतबार निर्माणधीन संघीय संसद भवनको स्थलगत निरिक्षण गर्दै समितिले निर्माणअवधी एक बर्ष थप भएको अवस्थामा तोकिएको समयसिमाभित्रै निर्माण सम्पन्न गर्न सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको हो । समिति सभापति कल्याणी खड्काले निर्माण क्रममा देखिएका समस्या सम्बोधनका लागि समितिले पहल गर्ने बताए । 


उनले श्रमिकहरुका लागि तत्काल कोरोनाबिरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने, निर्माण स्थलमा सडकको अवस्था मर्मत गर्नुपर्ने देखिएको जानकारी दिनुभयो । सभापति खड्काले यस बिषयमा समितिमा थप छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने बताए । 

१७३ रोपनी ८ आना क्षेत्रमा निर्माणा भइरहेको आयोजनाको लागत करिव ५ अर्ब ६७ करोड ६१ हजार अनुमान गरिएको छ । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्रहालय, चमेना गृहसहितको व्यवस्था हुने बताइएको छ ।


 


Author

थप समाचार
x