राजनीति

दशैं अगावै प्रदेश १ मा नयाँ सरकार बन्छ : कार्की

इकागज |
भदौ १, २०७८ मंगलबार १९:१९ बजे

फाइल फोटो

विराटनगर - नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले नेकपा एमाले नेतृत्वको प्रदेश १ को सरकार आउँदो दशैं अगावै हट्ने दाबी गरेका छन् । सोमबार नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै कार्कीले नयाँ सरकार गठन गर्ने पहिलो हक कांग्रेसकै भएको दाबी गरेका हुन् । 

‘अब एमाले फुटेपनि नफुटेपनि मुख्यमन्त्रीको पद गुम्ने सुनिश्चित छ, मुख्य प्रतिपक्षको नाताले हामी त्यसैपनि वेटिङ गभर्मेन्टमा छौं’ कार्कीले भने, ‘अब दशैं अगावै नयाँ सरकार बन्छ, यो सरकार रहदैन भन्नेमा ढुक्क हो’ उनले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार पहिल्यैदेखि अप्ठेरोमा परेको बताए । 


सरकारले अचानक प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको भन्दै उनले विरोध जनाए । मुख्यमन्त्री शेरधन राईले ‘आठौं अधिवेशनभित्रै प्रदेशको नामाकरण गर्छु’ भनेर ढाँटेको उनले आरोप लगाए । कार्कीले नामाकरणको कुरा मुख्यमन्त्रीले थेगो बनाएको पनि बताए । 
 


Author

थप समाचार
x