राजनीति

सहमतिबिनै नेपालले केन्द्रीय सदस्य बनाएको भन्दै भानुभक्त जोशीको आपत्ति

इकागज |
भदौ २, २०७८ बुधबार २१:२२ बजे

काठमाडौँ - नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले आफ्नो सहमतिबिनै माधव नेपालले नयाँ दलको सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन् । बुधबार नेकपा एमाले (समाजवादी) दल दर्ता गराएका नेपालले ९५ सदस्यीय केन्द्रीय कमिटीमा भानुभक्तको नाम समेटेपछि उनले आपत्ति जनाएका हुन् । 

जोशीले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आफू एमाले एकताको पक्षमा रहेको र सहमति नलिई नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा आपत्ति जनाएका छन् । उनले आफ्नो जिल्ला, प्रदेश र शुभेच्छुकहरूको सल्लाहअनुसार अघि बढ्ने स्पष्ट पारेका छन् । जोशीको नाम एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखेर निर्वाचन आयोगमा पेश भइसकेको छ । 



Author

थप समाचार
x