राजनीति

माधव नेपालले केन्द्रीय सदस्यमा नाम राखेर कीर्ते गरे : प्रदीप नेपाल

इकागज |
भदौ २, २०७८ बुधवार २१:४९ बजे

काठमाडौँ - माधव नेपालको नेतृत्वमा बुधबार दर्ता भएको नेकपा एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा आफ्नो नाम परेको भन्दै एमाले नेता प्रदीप नेपालले आपत्ति जनाएका छन् । माधव नेपालले नयाँ दलको केन्द्रीय कमिटी सदस्यका रुपमा आफ्नो नाम समेटेर व्यक्तिगत स्वतन्त्रता हनन् गरेको उनले आरोप लगाएका छन् ।

नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत रहेका प्रदीप नेपालले एमालेको झगडा हुँदा आफू तटस्थ रहेकै भरमा माधव नेपालले कीर्ते गरेर आफ्नो नाम केन्द्रीय कमिटीमा राखेको प्रतिक्रिया दिएका छन् । 


बुधबार माधव नेपालले नयाँ दल दर्ता गरेर निर्वाचन आयोगमा पेश गरेको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्नेसमेत जनाएका छन् । यसैबीच नेपालले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा पनि नरहेको स्पष्ट पारेका छन् ।


Author

थप समाचार
x