राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत

विक्रम खड्का |
भदौ ७, २०७८ सोमबार १७:१३ बजे

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । प्रमुख विपक्षी दल एमाले बहिष्कार गरेको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेका हुन् । 
 
उनले नेपालको संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत छ भनि विश्वासको मतको मागेका थिए । केसी माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, जनता समाजवादी, जनमोर्चा तथा स्वतन्त्र सांसद गरेर ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।  विश्वासको मत लिँदा पनि ४२ सांसदले नै उनलाई मत दिए ।

 आजको बैठकमा उपस्थित सभामुखबाहेक ४३ छन् । विश्वासको मतको पक्षमा ४२ मत खसेको र विपक्षमा शून्य मत खसेको सभामुखले सुनाए । त्यस्तै  एक जना भने तटस्थ रहेका छन् ।


एमालेले सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका अजय शाही र विमला वलीलाई पदमुक्त गर्न माग राख्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको थियो । आज सोमबार पनि एमालेले बैठक अवरुद्ध गरेको थियो । तर, पछि सुरु भएको बैठक भने एमालेले बहिष्कार गर्‍यो । 

८० सदस्यीय लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमाेर्चाका १, स्वतन्त्र १ सत्तापक्षमा छन् । विपक्षीमा एमालेका ३७ सांसद छन् ।   


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x