राजनीति

माओवादी अध्यक्ष दाहाल र चौथाइवालेबीच भेटवार्ता

इकागज |
भदौ ७, २०७८ सोमवार १८:३० बजे

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सोमबार दाहालनिवास खुमलटार पुगेर चौथाइवालाले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका हुन् ।

‘दाहालजीसँग नेपाल र भारतबीचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ,’ चौथाइवालेले ट्वीटमार्फत भनेका छन्, ‘राजनीतिक र वैचारिक विषयमा उहाँसँग कुराकानी भएको छ ।’ पछिल्लो २४ घण्टामा प्रधानमन्त्री शेरबहादु देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र माओवादी अध्यक्ष दाहालसँग आफूले भेटवार्ता गरेको उनले जनाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला आठ महिनाअघि पनि चौथाइवालेले नेपाल भ्रमण गरेका थिए ।



Author

थप समाचार
x