राजनीति

प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

इकागज |
भदौ ११, २०७८ शुक्रबार १८:१३ बजे

काठमाडौँ - कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । मन्त्रीपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम राष्ट्रपति भण्डारीले उनलाई शुक्रबार प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि २४ भदौमा समाप्त हुँदैछ । पदावधि समाप्त हुनु एक महिनाअघि अर्थात् २५ साउनदेखि थापा घरबिदामा छन् । नेपाली सेनामा सेवानिवृत्त हुनु एक महिनाअघि बिदामा बस्ने चलन छ । उनी बिदामा रहेदेखि नै शर्माले नेपाली सेनाको नेतृत्व सम्हाल्दै आएका थिए । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवैको जिम्मेवारी सम्हाल्दै आएका थिए ।



Author

थप समाचार
x