राजनीति

एकीकृत समाजवादीले दलको नेता आइतबार चयन गर्ने

इकागज |
भदौ ११, २०७८ शुक्रवार २१:३ बजे

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । नेकपा एमाले विभाजन गरेर माधव नेपालले चार भदौमा दर्ता गरेकाे यो पार्टीले निर्वाचन आयोगबाट बुधबार दल दर्ताको प्रमाण पत्र पाएको थियो ।

केन्द्रीय कमिटी र स्थायी कमिटीको अस्थायी रूपमा टुंगो लगाएको यो पार्टीले संसदीय दलको नेता चयन गरेको छैन । एकीकृत समाजवादीले दलको नेता चयन गर्न आइतबार संसदीय दलको बैठक बोलाएको छ ।


यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् । तर पार्टीमा ३५ जना सांसद रहेको पार्टी नेताहरूको दाबी छ ।

यसैबीच शुक्रबार बसेको स्थायी कमिटीको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । यो निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।


Author

थप समाचार
x