राजनीति

नेकपा समाजवादी पार्टीमा 'एमाले प्रवृत्ति' दोहोरिँदैन : माधव नेपाल

इकागज |
भदौ १३, २०७८ आइतबार १६:९ बजे

काठमाडौँ -  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र 'एमाले प्रवृत्ति' नदोहाेरिने बताएका छन् । आइतबार संसद्‌ भवनमा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

कम्युनिस्ट आन्दोलन बचाउनका लागि आफूले विद्रोह गरेको भन्दै पार्टीमा 'एमाले प्रवृत्ति' नदोहरिने बताएका हुन् । नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै उनले एमालेमा एकल हस्तक्षेप हाबी भएको उनको आरोप लगाए । उनले एमालेमा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोजिएको र फरक विचारलाई उपेक्षा गरिएको बताए ।

विगतमा पनि मनमोहन अधिकारी, मोहनविक्रम सिंह, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाएको भन्दै उदाहरण दिँदै त्यसले कम्युनिस्ट आन्दोलन र राष्ट्रियता बचाएको उल्लेख गरे । उनले केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको जिकिर गरे । 


पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने धारणा राखे । त्यस्तै उनले अहिले नै अरु कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापीरूपमा बलियो संगठन बनाउने बताए । केही व्यक्तिहरूले अरू दलमा बिलिन हुन गइरहेको हल्ला चलाएको भन्दै अध्यक्ष नेपालले कुनै पनि भ्रममा नपर्न आग्रह गरे । 


Author

थप समाचार
x