राजनीति

वाइसीएल अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष दाहाललाई

इकागज |
भदौ १४, २०७८ सोमबार १९:४८ बजे

काठमाडौँ – नेकपा माओवादी केन्द्रले युवा संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल)को अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष दाहाललाई वाइसीएल अध्यक्ष चयन गर्ने जिम्मेवारी दिएको हो ।

शनिबारबाट जारी वाइसीएलको राष्ट्रिय भेलाले संगठनको अध्यक्ष चयन गर्न नसकेपछि सोमबार अपराह्न पेरिसडाँडामा पार्टीको बैठक बसेको हो । बैठकमा छलफलपछि वाइसीएलको अध्यक्ष चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष दाहाललाई दिइएको सहभागी एक नेताले जानकारी दिए ।


वाइसीएल अध्यक्षमा सुवोधराज सेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् । देवकोटा पार्टी अध्यक्ष दाहाल निकट छन् भने सेर्पाली पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्मा पक्षधर हुन् । अध्यक्षमा सेर्पालीभन्दा देवकोटाको सम्भावना बढी रहेको वाइसीएलका नेताहरूले बताउँदै आएका छन् । सेर्पाली वाइसीएल महासचिव हुन् भने देवकोटा उपाध्यक्ष हुन् ।


Author

थप समाचार
x