राजनीति

कैलालीमा तीन जनाले गरे नेकपा एसमा सनाखत

इकागज |
भदौ १८, २०७८ शुक्रबार २१:५१ बजे

कैलाली -  जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीनजनाले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । सनाखत गर्नेमा समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेवी विक र देवी भण्डारी रहेकी छन् ।

जिल्ला समन्वय समिति कैलालीमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ । समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउदले पनि आइतबार सनाखत गर्ने नेकपा एकीकृत समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए ।



Author

थप समाचार
x