राजनीति

‘सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजना अघि बढ्छन्’

इकागज |
भदौ १९, २०७८ शनिबार १८:१६ बजे

कैलाली : नेपाली काग्रेंसकी नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजनाहरु अगाडी बढाउन आफुले पहल गरिरहेको बताएकी छन् । धनगढीमा बसोबास गर्ने डोटीका विभिन्न समुदायहरुसँग गरिएको छलफलमा प्रदेशको समृद्धिका आधार मानिएका योजनाहरु अगाडी बढाउने बताएकी हुन् ।

छलफल कार्यक्रममा नेतृ राणाले गेटा मेडिकल कलेज, गौरीफन्टा नाकाको स्तरोन्नति, गेटा विमानस्थलको स्तरोन्नति, फाष्ट ट्रयाक निर्माणको काम अगाडी बढाउन पहल गर्ने बताइन । त्यस्तै, बहुचर्चित पश्चिम सेती निर्माणको काम समेत अगाडी बढाउन पहल गर्ने बताईन् । 


मेडिकल कलेज सञ्चालनका लागि आफु पनि चिन्तित रहेको बताउदै उनले चाडै पठनपाठनको काम अगाडी बढाउन पहल गर्ने बताइन् । त्यस्तै महिला तथा बालबालिकाहरुका लागि विशेषज्ञ अस्पताल सञ्चालन तर्फ पनि लागिरहेको दावी गर्दै ५० जना अटाउने महिला छात्रावास आफ्नो तर्फबाट निर्माण गर्ने घोषणा गरिन् । 

धनगढी–दिपायल फाष्ट ट्रयाकको गति सुस्त भैरहेकोले यसलाई बगाडी बढाउन पहल भइरहेको बताइन् । अहिले सुदुरपश्चिमकै प्रधानमन्त्री रहेकाले सुदुरपश्चिमको समृद्धिका लागि फाष्ट ट्रयाक निर्माणलाई गति दिने उनले बताइन् । 

यस्तै गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक थप जग्गा अधिग्रहण प्रक्रिया समेत अगाडी बढाइएको नेतृ राणाले बताइन् । 
 


Author

थप समाचार
x