राजनीति

राष्ट्रपतिद्वारा बुधबारका लागि संसद् बैठक आह्वान

इकागज |
भदौ १९, २०७८ शनिवार २१:२४ बजे

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (२३ भदौ) गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संघीय संसद्को दुवै सदनको अधिवेशन  बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।



Author

थप समाचार
x