राजनीति

सुदूरपश्चिम प्रदेश- नेकपा (एकीकृत समाजवादी)को पक्षमा १ जना मन्त्रीसहित ३ जनाको सनाखत

एमाले छोड्ने सांसदको संख्या १३ पुग्यो

इकागज |
भदौ २०, २०७८ आइतबार १६:१७ बजे

कैलाली– सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १ जना मन्त्री सहित ३ जनाले सनाखत गरेका छन् । योसँगै नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ ।

यसअघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा आज सनाखत गरेका छन् ।


यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद अमरबहादुर साउद, कुलविर चौधरी, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरिसकेका छन् ।


Author

थप समाचार
x