राजनीति

लुम्बिनीमा जसपाकी सांसद निर्मलाले लिइन् शपथ

इकागज |
भदौ २३, २०७८ बुधबार १५:३ बजे

बुटवल - जनता समाजवादी पार्टी (जसपा)को समानुपातिकतर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेश सभा सदस्य निर्मला मुडबरी भट्टराईले प्रदेश सभा सदस्यको शपथ लिएकी छन् । आज लुम्बिनी प्रदेश सभा सचिवालयमा एक कार्यक्रमका बीच प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले भट्टराईलाई सपथ गराएका हुन् ।

पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डे जसपाको कारबाहीमा परेर रिक्त ठाउँमा जसपाले उनलाई पठाउने निर्णय गरेको थियो ।



Author

थप समाचार
x