राजनीति

बालुवाटारबाट बालकोट पुगेका ओली खाँबो चिथोरिरहेका छन् : झाँक्री

इकागज |
भदौ २३, २०७८ बुधबार १८:५६ बजे

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)की सांसद् रामकुमारी झाँक्रीले नेकपा एमालेलाई संसद्को हत्याराको संज्ञा दिएकी दिएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले कारबाही गरेका माधव नेपाल, झाँक्रीलगायत १४ जना सांसद्लाई सभामुख अग्नि सापकोटाले पदमुक्त गरेर सूचना टाँस नगरेपछि एमालेले बुधबार बसेको बैठक अवरोध गरेको थियो । बैठक अवरोध गर्नु एमाले सांसद्हरूले चरित्रअनुसार सुहाउँदो भएकोसमेत उनले बताएकी छन् ।


 ‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन’, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस ०७७ मा प्रतिनिधि सभा विघटन गरेकोतर्फ संकेत गर्दै उनले भनिन्, ‘उहाँहरूको औकात र चरित्रअनुसार सुहाउँदो काम गर्नु भएको छ । संसद््का हत्याराहरूले हामीलाई गैरसांसद भन्नु आश्चर्यको विषय होइन ।’

बहुमतको सरकार ढालेर बालुवाटारबाट बालकोट पुगेर केपी शर्मा ओलीले खाँबो चिथोरिरहेको झाँक्रीको प्रतिक्रिया छ । ‘खड्कप्रसाद ओलीको चाहना त हामी धर्तीमा नबाँचौं भन्ने होला नि ! तर त्यो सम्भव छ र ?’ उनले भनिन्, ‘सबै कुरा उहाँको चाहनाले हुँदैन । विधिसंगत तरिकाले सभामुखले सदन चलाउनु भएको हो ।’ बुधबारको बैठकमा नेकपा एसका सांसद् सत्तापक्षको रोमा बसेको र सरकारका जाने कुरा पार्टीले निर्णय लिने उनले बताइन् ।


Author

थप समाचार
x