राजनीति

माधव नेपाल र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

इकागज |
भदौ २४, २०७८ बिहीबार २०:७ बजे

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्तारुढ दलको सहमतिमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कपोरेसन (एमसीसी) अघि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेपालले यस्ता बताएका हुन् । 

‘सत्तारुढ दलहरूबीच सहमति गरेरमात्रै सो सम्झौतालाई अघि बढाउन सकिन्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने । करिब ढेड घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले दबाब दिएर एमसीसी पारित गराउने पक्षमा आफूहरू नरहेको बताइन् ।


‘एमसीसी कुनै सैन्य रणनीति अन्तर्गतको कार्यक्रम होइन, हामी दबाब दिएर नेपालले सम्झौता पारित गर्नैपर्छ भन्ने पक्षमा छैनौं,’ फातिमाको भनाइ उधृत गर्दै भेटमा सहभागी पार्टी कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताए । बिहीबार काठमाडौं आएको एमसीसी प्रतिनिधि मण्डलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेको छ ।


Author

थप समाचार
x