राजनीति

नेपालका कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार परे : माधव नेपाल

इकागज |
भदौ २७, २०७८ आइतबार १८:३२ बजे

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपालका कम्युनिस्ट पार्टीहरू विदेशी शक्तिसामु लम्पसार परेको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । 

नेपालका कम्युनिस्ट पार्टीहरूमा चरम गुटबन्दी, अवसरवाद र अहंकारी  प्रवृत्ति देखिएकाले यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरूले क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने नेपालको भनाइ छ । ‘नेपालका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट विचारधाराबाट चल्न सकेका छैनन् । कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको हितमा साँच्चै काम गर्न अझै नसकेको हुँदा कम्युनिस्ट पार्टीले सर्वहारा संस्कृतिको विकास गर्न जरुरी छ,’ नेपालले भने ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेपालमा कम्युनिस्ट पार्टीले नै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्ने र त्यसको नेतृत्व आफ्नै पार्टीले गर्ने स्पष्ट पारे । कार्यक्रममा वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई देखावटी नभई वास्तविक र सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका परशुराम तामाङको ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक जागरण बुक्स हाउसले बजारमा ल्याएको हो ।


Author

थप समाचार
x