राजनीति

प्रदेश २ : नेकपा (एकीकृत समाजवादी)  संसदीय दलको नेतामा महतो

इकागज |
भदौ २८, २०७८ सोमबार १७:४४ बजे

जनकपुरधाम- नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को प्रदेश २ संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको सांसद  प्रमोद यादवले जानकारी दिए ।

दलका नेता बनेका महतो यसअघि माओवादी र एमालेबीच विवाद हुँदा पनि माओवादी र एमाले माधवकुमार नेपाल पक्षबाट नेकपा दलको नेता चयन भएका थिए  ।नेकपा एमालेबाट विभाजित भएर गठित एकीकृत समाजवादी पार्टीमा १३ जना प्रदेश सभा सदस्य छन् ।  दलको नेतामा महतो चयन भए पनि सचेतक भने चयन गर्न बाँकी रहेको प्रदेश सभा सदस्य प्रमोद यादवले बताए ।


प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने तयारीमा छ । 'मुख्यमन्त्री लालबाबु राउतबाट सरकारमा सहभागी हुने कुरा आइरहेकै छ । तर दलले अधिकारिताको प्रमाणपत्र नपाएकोले पर्खिएका हौँ' उनले भने ।


Author

थप समाचार
x