राजनीति

बागमती प्रदेश : नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको उपनेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल

इकागज |
भदौ २८, २०७८ सोमबार १७:५० बजे

हेटौंडा-  नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेशमा संसदीय दलको उपनेता र प्रमुख सचेतक चयन गरेको छ । सोमबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित प्रदेश सभा सचिवालयको संसदीय दलको कार्यालयमा बसको दलको बैठकले उपनेतामा कृष्ण खनाललाई चयन गरेको छ । प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धारा हुमागाईंलाई चयन गरेको छ ।

यसअघि आइतबार बसेको दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेतामा चयन गरेको थियो । प्रदेशमा गठबन्धनको सरकार बनाउन कांग्रेस र माओवादीसँग समन्वय गर्ने जिम्मा दलको नेता राजेन्द्र पाण्डेलाई दिएको छ । ३ दलको सरकार निर्माण पश्चात सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न समाजवादीका सांसदहरु माधव पौडेल, बसन्त मानान्धर, मिना ज्ञवाली, बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिएको प्रमुख सचेतक मुनु सिग्दलले जानकारी दिइन् । समाजवादीका नेता राजेन्द्र पाण्डे प्रदेशको मुख्यमन्त्री बन्न कसरत गरिरहेका छन् । 



Author

थप समाचार
x