राजनीति

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने

इकागज |
भदौ २८, २०७८ सोमबार १८:० बजे

कैलाली - नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

प्रदेश सभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । विकले संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको पनि बताइन् ।


संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुङ्गोमा पुग्न नसकेको बताइएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक मंगलबार फेरि बस्ने जनाएको छ ।


Author

थप समाचार
x