राजनीति

एमालेजस्तो प्रतिपक्षी हुनु सबैका लागि दुःखद् : माधव नेपाल

इकागज |
भदौ २८, २०७८ सोमबार २०:४९ बजे

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा एमालले संसद्मा अमर्यादित क्रियाकलाप गरेको आरोप लगाएका छन् । एमालेले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेकोसमेत नेपालको तर्क छ । 

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै नेपालले यस्तो बताएका हुन् । बैठकमा बोल्दै नेपालले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली संसद्मा देखिन नचाहेकाले बैठकमा अवरोध गरेको जिकिर गरेका छन् । 


 प्रतिनिधिसभामा अवरोध गर्ने क्रममा एमाले सांसद्ले नारामा प्रयोग गरेका शब्दप्रति नेपालले आपत्ति जनाएका छन् । ‘प्रमुख प्रतिपक्षी दलका सांसद्ले प्रयोग गरेका शब्दहरूले उहाँहरूको सभ्यताका सीमा नाघेको देखिएको छ । अरूको मानमर्दन गर्नबाहेक उहाँसँग लोकतान्त्रिक चरित्र र संस्कार छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको भनाइ उधृत गर्दै बैठकमा सहभागी नेकपा एसका एक नेताले भने, ‘एमालेजस्तो प्रतिपक्षी हुनु हामी सबैका लागि दुः खद् कुरा हो ।’ ओली नेतृत्वको प्रतिपक्षी दल सिर्जनात्मक भएर प्रस्तुत नभएको नेपालको भनाइ छ ।


Author

थप समाचार
x