राजनीति

प्रतिनिधि सभा बैठक आज पनि एमालेले अवरोध गर्ने

इकागज |
भदौ २९, २०७८ मगलवार ११:५७ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्‍दैछ ।

केही दिनदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गरिरहेको छ । उक्त अवरोध हटाउन सोमबार सभामुख अग्‍निप्रसाद सापकोटाले सर्वदलिय बैठक राखेका थिए । एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै एमालेले बैठक बहिष्कार गरेका थिए ।


आजको  प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने एमाले कार्यालयका शेरबहादुर तामाङले इकागजलाई जानकारी दिए । 'हाम्रो माग पूरा नभएसम्‍म संसद्‌ अवरोध नै गर्छौँ' तामाङले भने ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्' भन्‍ने कार्यक्रम रहेको छ ।

त्यस्तै रुक्‍म शम्‍शेर जवराको शोक प्रस्ताव पारित गर्ने संसद्‌ सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x