राजनीति

१६ वर्षकी सुस्मिता बनिन् गाउँपालिकाको एकदिने अध्यक्ष

इकागज |
भदौ २९, २०७८ मंगलबार १४:३ बजे

विराटनगर - मोरङको बुढिगङ्गा गाउँपालिकामा १६ वर्षकी सुस्मिता रिशिदेवलाई एक दिने अध्यक्ष बनेकी छन् । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले उनलाई एकदिने अध्यक्षको जिम्मेवारी लिखित रुपमै हस्तान्तरण गरेका हुन् । 

उनलाई आर्थिक र प्रशासनिक अधिकारबाहेक साङ्केतिक रुपमा अध्यक्षको जिम्मेवारी दिइएको हो । बुढिगङ्गा २ सक्माकी सुस्मिताले अध्यक्षको पद बहालिपछि कार्यपालिकाको बैठक बस्नेछ । उनले आजै एउटा स्वास्थकेन्द्र र एक विद्यालयको अनुगमनसमेत गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए ।


स्थानीय तहको शासकीय प्रबन्धबारे बालबालिकालाई जानकारी गराउने र उनिहरूकै सहभागिताको सुनिश्चित गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको उनले बताए ।


Author

थप समाचार
x