राजनीति

प्रदेश १ को अधिवेशन २२ असोजमा बोलाउन सिफारिस

इकागज |
भदौ ३०, २०७८ १८:३१ बजे

विराटनगर - प्रदेश १ सरकारले प्रदेश सभाको अधिवेशन २२ असोजमा बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख समक्ष  सिफरिस गरेको हो ।

२२ असोजमा सुरु हुने प्रदेश सभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रदेश १ सामाजिक विकासमन्त्री बलबहादुर साम्सुहाङले बताए । नेकपा एमाले विभाजित भएपछि १० भदौमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतसहित सरकारमा छन् ।


एमालेका ५१ सांसदमध्ये १० जनाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि आचार्य अल्पमतमा परेका हुन् ।

प्रदेश १ मा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सहितको विपक्षी गठबन्धन छ । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।



Author

थप समाचार