राजनीति

सरकारकाे अकर्मण्यताले खर्च व्यवस्थापनमा समस्या आयो : एमाले

इकागज |
भदौ ३०, २०७८ बुधबार २१:१९ बजे

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको अकर्मण्यताका कारण मुलुकमा बजेटको रिक्तता भएको आरोप लगाएको छ  । बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार रहेको एमालेको टिप्पणी छ ।

संवैधानिक र कानुनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमाले महासचिव ईश्वर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


सभामुख र सरकारको व्यवहारका कारण एमालेले संसद् अवरोध गर्नुपर्ने अवस्था आएको बताउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन पनि एमालेले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।


Author

थप समाचार
x