राजनीति

नेकपा एस सुदूरपश्चिम दलको प्रमुख सचेतकमा दुर्गा विक नियुक्त

इकागज |
भदौ ३१, २०७८ बिहीबार २२:४० बजे

कञ्चनपुर - नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

बैठकको निर्णयका आधारमा दलका नेता दीर्घबहादुर सोडारीले विकलाई बिहीबार नै सो पदमा नियुक्त गरेका छन् । बैठकले दलको कार्यालयसमेत स्थापना गरेको छ । प्रदेशसभा सचिवालय परिसरमा नेकपा एमालेले प्रयोग गर्दै आएको भवनमै नेकपा एसले दलको कार्यालय स्थापना गरेको हो ।



Author

थप समाचार
x