राजनीति

मेटमणि चौधरीको नेतृत्वमा नेकपा एस लुम्बिनी प्रदेश कमिटी गठन

इकागज |
असोज १, २०७८ शुक्रबार १९:२९ बजे

बुटवल -  नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले केन्द्रीय कमिटी सदस्यसमेत रहेका मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो ।

चौधरी अध्यक्ष रहेको कमिटीमा रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहने गरी प्रदेश कमिटी बनाइएको सचिव गुरुङले जानकारी दिए। उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटिको बैठक र प्रदेश भेलापछि पूर्णता दिइनेछ।


भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा भेला र बैठकहरू गर्ने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरूले जिल्लामा पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

निर्वाचन आयोगबाट ९ भदौमा दल दर्ताको प्रमाण पत्र पाएको नेकपा एसले जिल्ला र प्रदेश कमिटी गठनलाई तीव्रता दिएको छ । यसैबीच शुक्रबार काठमाडौंस्थित मीनभवनमा पार्टीको केन्द्रीय कार्यालय पनि उद्घाटन गरिएको छ । 


Author

थप समाचार
x