राजनीति

नेकपा एसकाे भोजपुर जिल्ला कमिटी गठन

इकागज |
असोज १, २०७८ शुक्रबार २२:३ बजे

भोजपुर - नेकपा (एकीकृत समाजवादी)को भोजपुर जिल्ला कमिटी गठन भएको छ । वीरजंग राईको अध्यक्षमा १ सय ५५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।यसअघि समानान्तर कमिटीका अध्यक्ष शरणकुमार राई नेकपा एमाले संस्थापनमै रहने भएपछि वीरजंगलाई अध्यक्ष बनाइएको हो । उनी २ जेठ अघिको एमालेमा जिल्ला सचिवालय सदस्य थिए ।

नेकपा माओवादी केन्द्रसँग एकतापछि बनेको नेकपामा वीरजंगलाई कार्यालय सदस्यको जिम्मेवारी दिइएको थियो । नेकपा एसको नवगठित जिल्ला कमिटीको उपाध्यक्षहरूमा विष्णुबहादुर राउत, चक्र तामाङ र गीता राईले जिम्मेवारी पाएका छन् । सचिवमा ममिता राई छिन् ।


उनी भोजपुर नगरपालिकाकी उपमेयर हुन् । उपसचिवमा ईश्वर कार्की चयन भएका छन् । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष जयन्ती राईको उपस्थितिमा कमिटी घोषणा गरिएको हो । केही दिनमा पदाधिकारी र सदस्यको शपथ र जिल्ला भेला तय गरिने युवा नेता सन्दीप राईले जानकारी दिए ।


Author

थप समाचार
x